सुपाबेस एक खुल्ला स्रोत फायरबेस विकल्प हो। हामीले यसमा उद्यम-ग्रेडका खुल्ला स्रोत उपकरणहरू प्रयोग गरेर फायरबेसका सुविधाहरू निर्माण गर्दैछौं।
- होस्ट गरिएको Postgres डाटाबेस
- रियलटाइम सदस्यताहरू
- प्रमाणीकरण र प्राधिकरण
- स्वतः गर्न सकिने API हरु
- ड्यासबोर्ड
- भण्डारण
- प्रकार्यहरू
पूर्ण कागजातको लागि supabase.com/docs मा जानुहोस्
- सामुदायिक फोरम। सर्वोत्कृष्ट: निर्माणको साथ मद्दत, डाटाबेसको उत्तम अभ्यासहरूको बारेमा छलफलको लागि।
- गिटहब मुद्दाहरू। सर्वोत्कृष्ट: प्रयोग गर्दा फेला परेका बग र त्रुटिहरूको लागि।
- ई-मेल समर्थन। सर्वोत्कृष्ट: तपाईंको डाटाबेस वा पूर्वाधारको समस्याहरूको लागि।
- अल्फा: हामी ग्राहकहरु को एक सानो समूह संग सुपाबेस परीक्षण गर्दैछौं।
- सार्वजनिक अल्फा: सबैले supabase.com/dashboard मा साइनअप गर्न सक्दछन्। तर तपाईं केहि अवरोधहरू प्राप्त गर्न सक्नुहुन्छ।
- सार्वजनिक बीटा: अधिकतर गैर-उद्यम प्रयोगका मामलाहरुका लागि पर्याप्त स्थिर।
- सार्वजनिक: उत्पादन प्रयोगको लागि तयार।
हामी हाल सार्वजनिक बिटामा छौं। प्रमुख अद्यावधिकहरूको सूचना प्राप्त गर्न यस रेपोको "रिलिजहरू"मा हेर्नुहोस्।
सुपाबेस एक खुल्ला स्रोत उपकरणहरूको संयोजन हो। हामी उद्यम-ग्रेड, खुल्ला स्रोत उत्पादनहरू प्रयोग गरेर फायरबेसको सुविधाहरू निर्माण गर्दैछौं। यदि उपकरण र समुदायहरू एमआईटी, अपाचे २ वा बराबरका खुल्ला लाइसेन्सको साथ अवस्थित छन् भने हामी त्यसको प्रयोग र समर्थन गर्दछौं। यदि उपकरण अवस्थित छैन भने, हामी त्यसलाई आफैं सिर्जना गर्छौं र स्रोत खुल्ला गर्छौ । सुपाबेस फायरबेसको १ देखि १ म्यापि होईन। हाम्रो उद्देश्य भनेको विकासकर्ताहरूलाई खुल्ला-स्रोत उपकरणहरू प्रयोग गरेर फायरबेस जस्तो अनुभव दिने हो।
वर्तमान योजना
सुपाबेस एक होस्ट गरिएको प्लेटफर्म हो। तपाई आफै साइन अप गर्न सक्नुहुन्छ र कुनै स्थापना बिना सुपाबेस प्रयोग गर्न सक्नुहुन्छ। हामी अझै स्थानीय विकासको अनुभव सिर्जना गर्दैछौं। यो प्लेटफर्म स्थिरताको साथ हाम्रो मूल फोकस हो।
- PostgreSQL एक वस्तु-रिलेशनल डाटाबेस प्रणाली हो जसले ३० बर्ष भन्दा बढी सक्रिय विकासको साथ विश्वसनीयता, सुविधा मजबूती र प्रदर्शनको बलियो प्रतिष्ठा कमाएको छ।
- Realtime एक Elixer सर्भर हो जसले तपाइँलाई वेबसकेटहरू प्रयोग गरेर PostgreSQL इन्सर्टहरू, अपडेटहरु, र डिलीटहरु सुन्न अनुमति दिन्छ। सुपाबेसले पोष्टग्रेसको भित्र निर्मित प्रतिकृति कार्यक्षमता सुन्दछ, प्रतिकृति बाइट स्ट्रिमलाई JSON मा रूपान्तरण गर्दछ, र त्यसपछि JSON लाई वेबसकेटमा प्रसारण गर्दछ।।
- PostgREST एक वेब सर्वर हो जसले तपाईको PostgreSQL डाटाबेसलाई सीधा एक RESTful एपीआई मा बदल्छ।
- Storage ले अनुमतिहरू प्रबन्ध गर्न पोष्टग्रेस प्रयोग गरेर S3 मा भण्डारित फाइलहरू प्रबन्ध गर्नका लागि RESTful ईन्टरफेस प्रदान गर्दछ।
- postgres-meta तपाईंको Postgres प्रबन्धको लागि RESTful एपीआई हो जसले तपाईंलाई टेबुलहरू प्राप्त गर्न, भूमिकाहरू थप्न र प्रश्नहरू चलाउन र अधिकको लागि अनुमति दिन्छ।
- GoTrue प्रयोगकर्ताहरू प्रबन्ध गर्न र SWT टोकनहरू जारी गर्नका लागि एक SWT आधारित एपीआई हो।
- Kong एक क्लाउड नेटिभ एपीआई गेटवे हो।
हाम्रो ग्राहक पुस्तकालय मोडुलर छ। प्रत्येक उप-लाइब्रेरी एकल बाह्य प्रणालीको लागि स्ट्यान्डअलोन कार्यान्वयन हो। यो धेरै तरिकाहरू मध्ये एक हो जुन हामी अवस्थित उपकरणहरूलाई समर्थन गर्दछौं।
supabase-{lang}
: लाइब्रेरी संयोजन र संवर्धन थप गर्दछ।
Repo | आधिकारिक | समुदाय |
---|---|---|
supabase-{lang} |
JS |
C# | Flutter | Python | Rust |
postgrest-{lang} |
JS |
C# | Dart | Python | Rust |
realtime-{lang} |
JS |
C# | Dart | Python | Rust |
gotrue-{lang} |
JS |
C# | Dart | Python | Rust |